देल्हीको कलकत्तामाथि जित, बैंगलोरले पञ्जाबको सामना गर्दै

  बैशाख १८, २०७८

काठमाडौं, बैशाख १७ : इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तगर्तको २५ औं खेलमा देल्ही क्यापिटल्सले कलकत्ता नाइट राइडर्सलाई हराएको छ । देल्हीले कलकत्तामाथि सात विकेटको जित हात पारेको हो ।

कलकत्ताले प्रस्तुत गरेको १५५ रनको औसत लक्ष्य पछ्याउँदै देल्हीले खेल सकिन २१ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा १५६ रन बनाएर पुरा गर्यो । देल्हीको जितमा ओपनरद्वय पृथ्वी शा र शिखर धवनले १३२ रनको साझेदारी गरे ।

पृथ्वीले ४१ बलमा ८२ रनको योगदान दिनुभयो । शिखर धवनले भने ४७ बलमा ४६ रनको पारी खेल्नुभयो । मार्कस स्टोइनिसले छ रन बनाएर अविजित रहनुभयो । कलकत्ताका लागि प्याट क्युमिन्सले तीन विकेट लिनुभयो ।

त्यसअघि, अहमदाबादमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको कलकत्ताले पुरै २० ओभर खेल्दै छ विकेटको क्षतिमा १५४ रनको योगफल तयार गर्यो । ८२ रनमै पाँच विकेट गुमाउन पुगेको कलकत्ताका लागि आन्द्रे रस्सैलले अविजित ४५ रनको योगदान गरेर औसत योगफलसम्म पुर्याउनुभयो ।

त्यसअघि ओपनर शुभमन गिलले ४३ रनको योगदान दिनुभयो । देल्हीका लागि ललित यादब र अक्षर पटेलले सामान दुई दुई तथा अभेष खानले एक विकेट लिए । प्रतियोगिता अन्तगर्तको २६ औं खेलमा बैंगलोरले पञ्जाबको सामना गर्दैछ । छ खेलबाट पाँचमा जित हात पार्दै अङ्कतालिकाको तेस्रो स्थानमा रहेको बैंगलोरले छ खेलमध्ये मात्र दुईमा जित हात पारेको पञ्जाबको सामना गर्दैछ ।

तपाईको प्रतिक्रिया