पाँच हजार ६५७ संक्रमित थपिए, ९२८ कोरोनामुक्त, ३३ को मृत्यु

  बैशाख १७, २०७८

काठमाडौं, वैशाख १७ : नेपालमा कोरोनाभाइरसका पाँच हजार ६५७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १५ हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ६५७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या तीन लाख २३ हजार १८७ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ३८ हजार ८१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो २४ घण्टामा ५२५ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७० जनामा पोजेटिभ पाइएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ९२८ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ८१ हजार ९५ जना कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ८६।९ प्रतिशत छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा रिर्पोट प्राप्त भएको मृत्यु सङ्ख्या ३३ र २४ घण्टाभित्रमा मृत्यु भएकाहरुको संख्या २८ रहेको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा तीन हजार २७९ जनाको मृत्यु भएको छ । हाल ३८ हजार ८१३ जना आइसोलेशनमा र ५५ जना क्वारेन्टिनमा छन् ।

तपाईको प्रतिक्रिया