काठमाडौँ, बैशाख १७ : काठमाडौँ उपत्यकामा निषेधज्ञा भएको आज दोस्रो दिन जनजीवन समान्य रहे पनि नियम उल्लंघन गर्नेको संख्या धेरै रहेको छ । निषेधाज्ञा जारी भएको पहिलो दिन हिजोसम्ममा सवा २ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए भने भित्रिनेको संख्या ७० हजार रहेको थियो ।
ट्राफिक प्रहरीका प्रवक्ता (एसएसपी) श्यामकृष्ण आधिकारीका अनुसार आज सवारी पास नभएका नियम उल्लंघन गर्नेको संख्या धेरै रहेको छ । उहाँले भन्नुभयो,“ दुई हजारभन्दा बढी गाडीलाई कारबाही र नियम उल्लङ्घन गर्ने मानिसलाई पनि नियन्त्रणमा लिएका छौँ, विवाह लगायत ठाउँमा १५ जनाभन्दा बढीले भीड गर्न नहुने भने पनि आटेर गरेका छन् ।”
मानिसको दैनिक जनजीवनमा केही प्रभाव पनि परेको भन्दै उहाँले भन्नुभयो,“समान्य समयभन्दा केही प्रभाव त परेकै हो, यो लकडाउन हो मान्छे प्रभावित होस् हिँडडुल नगरोस् भनेर गरेको त्यसैको असर हो ।” कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकालगायत तीन जिल्लामा हिजो (बिहीबार) देखि निषेधाज्ञा जारी छ ।
विमानस्थल जाने यात्रु चढेका सवारी साधनलगायत निषेधाज्ञामा खाद्यन्न, औषधि, दूध, पानी, तरकारी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित सवारी साधन र अत्यवाश्यक सवारी साधनलाई पास बनाई चल्न दिइएको उहाँले बताउनुभएको छ ।
![](https://gorkhapatraonline.com/news_gallery/608c062f2581b_NZS_8652.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062f26ddf_NZS_8657.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062f27e87_NZS_8667.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062f28f8e_NZS_8675.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062f29f35_NZS_8696.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062f2b0b3_NZS_8714.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062f2c0d0_NZS_8716.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062f2d036_NZS_8720.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062f2df75_NZS_8725.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062f2ef1a_NZS_8733.jpg)
![](https://gorkhapatraonline.com/news_gallery/608c062e14e95_NZS_8645.jpg)