काँग्रेसले केन्द्रदेखि गाउँसम्म सचेतना अभियान चलाउने

  बैशाख १७, २०७८

काठमाडौं, वैशाख १७ : नेपाली काँग्रेसले कोरोना रोकथामका लागि केन्द्रदेखि गाउँसम्म सचेतना अभियान चलाउने भएको छ । आज आफनो निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सो जानकारी गराउनुभएको हो ।

सभापति देउवाले निषेधाज्ञाको कारण मारमा परेका श्रमिक र साना व्यवसायीलाई राहतका कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । कोरोनाको  जोखिम बढेको भन्दै उहाँले आफ्ना सबै कार्यकर्तालाई आफू पनि बच्न र अरुलाई पनि बचाउन उहाँले निर्देशन  दिनुभयो ।

तपाईको प्रतिक्रिया