प्रहरी चौकीमा हमला गरी पाँच प्रहरी अधिकारीको हत्या

  बैशाख १४, २०७८

लागोस, वैशाख १४ : दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती बन्दुकधकधारीले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् ।

सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन् । उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीलाई पनि जेलमुक्त गरेर लगेका बताए । यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए ।

तपाईको प्रतिक्रिया