गण्डकी प्रदेशसभा जारी बैठक अवरुद्ध

  बैशाख १४, २०७८

पोखरा, वैशाख १४ : गण्डकी प्रदेशसभामा जारी विशेष अधिवेशनको दोस्रो बैठक सत्तारुढ नेकपा (एमाले)का सांसदको विरोधका कारण अवरुद्ध भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा विपक्षीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सोमबारबाट विशेष अधिवेशन सुरु भएको थियो ।

विशेष अधिवेशनको दोस्रो दिन प्रदेशसभा सदस्यहरुले बोल्ने तयारी थियो । नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले कोरोनाको कहरका बीच आह्वान गरिएको विशेष अधिवेशनमा सहभागीको कोरोना भाइरस कोभिड– १९ को पीसीआर परीक्षण गर्न माग गरेका थिए ।

अधिवेशनको पहिलो दिन नेकपा एमालेका सांसदले सबै सहभागीको पीसीआर परीक्षण गरेर मात्र अधिवेशन सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । सोमबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेर विरोध जाएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक केही समयका लागि स्थगित गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया