रौतहटमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

  बैशाख १४, २०७८

गौर, वैशाख १४ : रौतहटमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । गौर नगरपालिका वडा नं. २ महादेवपट्टी बस्ने ७० वर्षिय वृद्धको कोरोना संक्रमणले गए राती मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । लामो समयदेखि बिरामी रहेका ती वृद्धको तीन दिन अघि गौर अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रौतहट जिल्लामा १६३ जना व्यक्तिको स्वाब संकलन गरी गौर अस्पतालमा गरिएको परीक्षणबाट ९२ जना व्यक्तिमा कोरोना पोजिटिभ फेला परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । जसमध्ये ७१ पुरुष २१ महिलामा कोरोना भाईरस पोजिटिभ रहेको तथा ७१ जना व्यक्तिमा निगेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो ।

कोभिड १९ को दास्रो चरणको लहर बढेसँग जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले विद्यालयको पठनपाठन बन्द तथा पूर्वनिधारित सबै परीक्षाहरु स्थगित गरिएको प्रजिअ यादवले जानकारी दिनुभयो । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणकालागि गौर अस्पतालमा आईसियु १० बेड, भेन्टिलेटर ४बेड तथा हाई डिपेन्डेन्सी युनिट १५बेड संचालनको लागि आवश्यक तैयारी शुरु गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

कोभिड १९को संक्रमण फैलिन नदिन तथा नियन्त्रणकालागि स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन आग्रह गर्दै जिल्लाको १८ वटै स्थानिय तहमा एकएकवटा क्वारेन्टाइन तयार र व्यवस्थापन गर्न तथा चन्द्रपुर र धरहरीमा आइसोलेसन सेन्टर संचालन गर्न तैयारी भैइरहेको समेत प्रजिअ यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया