वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

  बैशाख १४, २०७८

वीरगञ्ज, वैशाख १४ : वीरगञ्जका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच जना उपचाररत कोरोना संक्रमित मृत्यु भएको छ । मंगलबार बिहानै दुइ जना संक्रमितको मृत्यु भएसँगै पर्साको वीरगञ्जमा पछिल्लो २४ घण्टामा चार जना महिला र एक जना पुरुष गरी पाँच जना कोारोना संक्रमितको उपचारकोक्रममा मृत्यु भएको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका सूचना अधिकारी एवं जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले वीरगञ्जको नारायणी अस्पतालमा ४ जना र वीरगञ्जकै गण्डकमा रहेको नारायणी बयोधा अस्पतालमा १ जना संक्रमितको उपचारकोक्रममा मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मृत्यु भएका ५ जना संक्रमितमा पर्साको वीरगञ्ज महानगरपालिकाका ३ जना , पर्साकै बहुदरमाई नगरपालिकाका १ जना र बारा जिल्लाका १ जना रहेका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचारकोक्रममा मृत्यु भएका ४ जना संक्रमितमा सोमबार बिहान साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरका ६० वर्षीय पुरुषको मृत्यु भएको थियो भने सोमबार साँझ ६ बजे बहुदरमाई नपा ७ की ४५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । त्यसैगरी, मंगलबार बिहान ढेड बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ कै ४० वर्षीया महिलाको मृत्यु भयो भने मंगलवार बिहान ३ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसियाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

त्यसैगरी, वीरगञ्ज गण्डकस्थित नारायणी बयोधा अस्पतालमा वीरगञ्ज ८ की ३८ वर्षीया महिलाको सोमबार साँझ पौने ६ बजे मृत्यु भएको हो ।
कोरोनाको दोस्रो लहर सुरु भएयता वीरगञ्जका विभिन्न अस्पतालमा १७ जना कोरोना संक्रमितहरुको उपचारकोक्रममा मृत्यु भएको छ ।उपचारकोक्रममा वीरगञ्जको नारायणी अस्पतालमा १३ जना , नारायणी बयोधा अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणको कारण मृत्यु भएका १५ जनामध्ये पर्साका १४ जना , बाराका २ र सर्लाहीका १ जना रहेका छन् भने पर्साका अन्य १ जनाको उपचारकोक्रममा चितवनमा मृत्यु भएको थियो । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका सूचना अधिकारी एवं जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत श्रीवास्तवका अनुसार ७९८ जना होम आइृसोलेसनमा र ५० जना वीरगञ्जका बिभिन्नमा अस्पतालमा उपचाररत रहेका छन् ।

वीरगञ्जको नारायणी अस्पतालमा ३७ जना र वीरगञ्जको गण्डकमा रहेको नारायणी बयोद्या अस्पतालमा १३ जनाको उपचार भईरहेको छ । १४० जनाको पिसिआर परिक्षण गर्दा सोमबार साझ आएको परिक्षण रिर्पोटमा थप ७६ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार साँझ आएको परिक्षण रिर्पोटबाट थपिएका ७६ जनामा संक्रमितमा पर्साका ६४ जना र बाराका १२ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताउनुभयो ।

तपाईको प्रतिक्रिया