गौरीफन्टा नाकाबाट भित्रिएका १०४ जनामा कोरोना पुष्टि

  बैशाख १४, २०७८

धनगढी, वैशाख १३ : गौरीफन्टा नाका भएर भारतबाट आज फर्किएका १०४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ६८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०४ जनालाई कोरोना पुष्टि भएको गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले जानकारी दिनुभयो । सो नाका भएर सोमबार ७०० जना भित्रिएका थिए ।

गौरीफन्टा नाका भएर फर्किनेमध्ये हालसम्म १२ हजार ५३९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये एक हजार ३०८ जना सङ्क्रमित फेला परेका छन् । यसैबीच, सेती प्रादेशिक अस्पतालमा उपचाररत एक ४८ वर्षीय पुरुष सङ्क्रमितको आज निधन भएको छ । मृतक कञ्चनपुरको वेदकोट नगरपालिका–१ का रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया