तीन हजार ५५६ कोरोना संक्रमित थपिए, ३७८ कोरोनामुक्त, १२ को मृत्यु

  बैशाख १३, २०७८

काठमाडौं, वैशाख १३ : नेपालमा आज देशभरिमा तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पिसिआर प्रविधिबाट १२ हजार ४०० र एन्टिजिन विधिबाट ८९३ गरी जम्मा १३ हजार २९३ को परीक्षण गरेको थियो । हाल होम आइसोलेशनमा २० हजार ५३५ र संस्थागत आइसोलेशनमा एक हजार ८९९ रहेका छन् ।

त्यस्तै, आइसियु २६८ र भेन्टिलेटरमा ७८ रहेका छन् । आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन् । हाल देशभरका ७७ जिल्लामा नै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या २४ लाख १७ हजार ४१७ रहेको मन्त्रालयले जनाएको छ । प्रतिदश लाख जनसङ्ख्यामा ८२ हजार ९६७ को परीक्षण भएको छ । हालसम्म देशभरमा गरी जम्मा तीन लाख तीन हजार ५६१ लाई सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये महिलाको सङ्ख्या एक लाख आठ हजार ५३५ र पुरुषको सङ्ख्या एक लाख ९५ हजार २६ रहेको छ ।

निको भएकाको दर ९१ दशमलव पाँच प्रतिशत छ । हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये पोजेटिभ दर १२ दशमलव पाँच प्रतिशत छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु सङ्ख्या १२ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालका कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख तीन हजार ५६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८९३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ११४ जनामा पोजिटिभ पाइएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३७८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७७ हजार ९५१ जना निको भइसकेका छन् । हाल निको हुने दर ९१।५ प्रतिशत पुगेको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टाभित्रमा सात जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । सोही अबधिमा १२ जना थप सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

हालसम्म कोरोना सङ्क्रमणले तीन हजार १७६ जनाको मृत्यु भइसकेको छ । हाल ६५ जना क्वारेन्टिनमा र २२ हजार ४३४ जना आइसोलेशनमा छन् ।

तपाईको प्रतिक्रिया