बिराटनगरको धनगढीमाथि सहज जित

  बैशाख १२, २०७८

काठमाडौं, बैशाख १२ : नेपाल सुपर लिग (एनएसएल)को दोस्रो खेलमा बिराटनगरले धनगढीमाथि सहज जित हात पारेको छ । आज सम्पन्न दिनको पहिलो खेलमा बिराटनगर सिटी एफसीले धनगढी एफसीमाथि ३–० को सहज जित हात पार्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सम्पन्न खेलमा बिराटनगरको जितमा बिक्रम धिमाल, एडेलाजा ओलुवावुन्मी र सन्तोष तामाङले एक एक गोल गरे । खेल सुरु भए लगत्तै आक्रामक रुपमा प्रस्तुत भएको धनगढीले भने उक्त लयलाई निरन्तरता दिन सकेन ।

बिराटनगरले भने खेलको १५ औं मिनेटमा बिक्रम धिमालको गोलबाट सुरुवाती अग्रता लियो । हाफटाइमसम्म १–० को अग्रता पाएको बिराटनगरले दोस्रो हाफमा दुई गोल थप्यो ।

५७ औं मिनेटमा ओलुवावुन्मीले गोल अन्तर दोब्बर पार्नुभयो । सन्तोष तामाङले ६९ औं मिनेटमा थप्नुभएको गोल बिराटनगरलाई धनगढीमाथि ३–० को जित सुनिश्चित गर्यो ।

तपाईको प्रतिक्रिया