पछिल्लो २४ घण्टामा नेपालमा २८ कोरोनाभाइरस संक्रमितको मृत्यु

  बैशाख १२, २०७८

काठमाडौं, बैशाख १२ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले कोभिड-१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट कुल तीन हजार १६४ जनाको मृत्यु भएको जनाएको छ। २४ घण्टामा मात्रै १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया