०७२ को भूकम्पपछि चार रेक्टरमाथिका ५५२ पराकम्प, ९३ प्रतिशत निजी आवाश निर्माण

  बैशाख १२, २०७८

काठमाडौँ, बैशाख १२ : २०७२ सालमा आएको गाेरखा भूकम्पको आज ६ वर्ष पूरा भएको छ । ०७२ सालमा आजकै दिन अर्थात बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएको ६.७ रेक्टरस्केलको भूकम्पले भैतिक क्षति गर्नुका साथै मानवीय क्षति पनि ग-यो । गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५५२ वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सूचना अधिकारी भरत कोईरालाले बताउनुभयो ।

उतm भूकम्पमा परि आठ हजार ६५९ जनाको ज्यान गएको थियो भने २१ हजार ९ सय ५२ जना घाईते भएका थिए । भूकम्पले करीब १० लाख निजी आवास , सात हजार ५५३ विद्यालय , ४९ हजार ६८१ कक्षाकोठा , ५ सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।

यसैगरी ४ सय १५ सरकारी भवन ,९२० सांस्कृतिक सम्पदा ,सुरक्षा निकायका ३ सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी सँरचना ,५३ सडक र २ ९९ माानव बस्तीमा पनि क्षति पुगेको पुननिर्माण प्राधीकरणको तथ्याङकमा छ । बारपाक भूकम्पबाट ओखलढुङगा ,दोलखा , रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, भक्तपुर, ललितपुर , काठमाडौं, रसुवा,नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्ला बढि प्रभावित भएका थिए ।

यसैगरी सङखुवासभा ,भोजपुर, खोटाङ, सोलुखुम्बु , चिवन, तनहुँ ,लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, अर्घाखाँची, पूर्वि नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए । भूकम्पबाट भएको मानवीय क्षतिलाई पुनःस्थापित गर्न नसकिएपनि भौतिक क्षतिको पुनस्थापना गर्ने उद्देश्यले वि स २०७२ साल पौष १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भयो ।

पुनर्निर्माण र पुनःस्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहिको ७ लाख ५३ हजार १०४ अर्थात झण्डै ९३ प्रतिशत पुगेको छ ।

भुकम्पले भत्किएका करीब १० लाख घरमध्ये ५ लाख ९३ हजार ९ सय ९३ घर पुनर्निर्माण भैसकेका छन् । ६ बर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७ सय ५४ घरधनिले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधीकरणको लाभग्राही सूचिमा समावेश भएर सम्झैता गरेका छन् ।

हालसम्म आठ लाख १० हजार ६ सय ३५ लाभग्राहिले पहिलो किस्ता ५० हजार बुझेका छन् । ६ लाख ९९ हजार ६ सय ३ लाभग्राहिले दोस्रो किस्तावापत १ लाख लिएका थिए । घर सम्पन्न गरेर ६ लाख ५७ लाभग्राहीले तेस्रो किस्ता १ लाख ५० हजार लिएका छन् । चालु आ.व ०७७÷ ७८ भित्र निजी आवास पुनःनिर्माणका मुलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

निजि आवास पुनः निर्माणका क्रममा ६ लाख ३४ हजार ९ सय ७३ गुनासा आएकामा ती सबैको सम्वोधन गरीएको प्राधिकरणले जनाएको छ । पुनर्निर्माणबाट भएकाृ गुनासो सुनुवाईमा पनि चित्त नबुझ्नेहरुका लागि जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समिति मार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाईएको जनाएको छ ।

तपाईको प्रतिक्रिया