काभ्रेमा ७१ हजारभन्दा बढी बिमित

  बैशाख ११, २०७८

बनेपा, वैशाख ११ : सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारणहरुको आकर्षण बढेको छ । सरकारले अघि बढाएको स्वास्थ्य बिमा कार्यक्रम प्रभााचवकारी बनेसँगै यसप्रति सर्वसाधारणहरुको आकर्षण बढेको हो ।

स्वास्थ्य बिमा गर्दा नियमित रुपमा औषधि सेवन गर्नेुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा एक लाख रुपैँयासम्मको उपचार गर्न पाउने हुँदा बिमा कार्यक्रममा आकर्षण बढेको स्वास्थ्य बिमा बोर्ड काभ्रेले जनाएको छ ।

जनतालाई सर्वसुलभ रुपमा उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वास्थ्य बिमा कार्यक्रममा पछिल्लो समय जिल्लाका सर्वसाधारण नागरिकको आकर्षण बढेको स्वास्थ्य बिमा बोर्ड काभ्रेकी कार्यालय प्रमुख मुना निरौलाले बताउनुभयो ।

उहाँले पछिल्लो समय स्थानीय तह तथा वडा कार्यालयहरुले बिमा कार्यक्रमप्रति चासो राखेको हुनाले सर्वसाधरणको आर्कषण बढेको बताउनुभयो । उहाँले हालसम्म काभ्रेमा २४ हजार ७९१ घरधुरीका ७१ हजार ३८९ जना विमित भएको बताउनुभयो । उहाँले बिमा गराउनेमा नयाँ दर्ता १९ हजार ११८ परिवार र नविकरण गरेका ५ हजार ६७३ परिवार रहेको बताउनुभयो ।

बोर्डका अनुसार हालसम्म काभ्रेको बनेपामा १५ हजार ४२२, धुलिखेलमा १६ हजार १०२, बेथानचोक गाउँपालिकामा एक हजार २२६, भुम्लु गाउँपालिकामा दुई हजार ७१३, चौरीदेउराली गाउँपालिकामा एक हजार २०२ जना, खानीखोला गाउँपालिकामा ३६३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

यसैगरी महाभारत गाउँपालिकामा ६४८ जना, मण्डनदेउपुर नगरपालिकामा सात हजार ७३५ जना, नमोबुद्ध नगरपालिकामा तीन हजार ७५६ जना, पनौती नगरपालिकामा १० हजार ५९९ जना, पाँचखाल नगरपालिकामा नौ हजार ११५ जना, रोशी गाउँपालिकामा एक हजार ६२० जना र तेमाल गाउँपालिकामा ८८८ जना रहेका छन् ।

हालसम्म बिमित हुनेमा चार हजार ४२७ जना जेष्ठ नागरिक, २३८ जना महिला स्वास्थ्य स्वयंसेविका, ३१८ जना पूर्ण अपाङ्ग र पचास जना एचआईभि सङ्क्रमित रहेको बोर्डकी कार्यलय प्रमुख निरौलाले बताउनुभयो ।
महिला स्वास्थ्य स्वयम्सेविकालाई बिमा गर्दा ५० प्रतिशत छुट, पूर्ण अपाङ्गता र एचआईभि सङ्क्रमितका परिवारलाई सबै बिमा रकम छुट रहेको निरौलाले बताउनुभयो ।

बिमा कार्यक्रमका लागि प्रत्येक वडामा एक जनाका दरले जिल्लाभरमा एक सय ३५ जना दर्ता सहयोगी रहेका छन् । काभ्रेमा धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रमा विमित व्यक्तिहरुले उपचार गराउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया