अध्यक्ष ओलीसमक्ष नेपालले स्पष्टीकरण बुझाउनुभयो

  बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण बुझाउनुभएको छ । बिहीबार वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेले संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाउनुभएको हो ।

उहाँहरुले आफ्नो स्पष्टीकरणमा नवौं महाविधेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान र त्यसको आधारमा निर्मित नियमावलीका विरुद्ध आफूहरुले कुनै काम नगरेको उल्लेख गर्नुभएको छ । साथै उहाँहरुले आफूहरुमाथि लगाइएका आरोपहरु निराधार भएको पनि स्पष्टीकरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया