उद्घाटनको पर्खाइमा नवनिर्मित २२ तले धरहरा

  बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : शनिबार उद्घाटन गर्ने समय तय भएको ऐतिहासिक धरहराको काम अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाईको काम भइरहेको छ ।

शुक्रबार वेलुकासम्म रङ्ग रोगन संगै सफाईको काम सम्पन्न हुने रमन कन्सट्रक्सनका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । धरहराको काम सम्पन्न गर्न अहिले २४ सै घण्टा काम भइरहेको उहाँले जानकारी दिनुभयो । पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा हिजो गजुर राखिएको थियो ।

उक्त गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ । वैशाख ११ गते विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ ।

यो निर्माण भइरहेको धरहरा संरचना पूरा काम सम्पन्न नभएकाले सर्वसाधारणका लागि खुला हुन भने आगामी मङ्सिरसम्म लाग्ने आयोजना व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

कोरोना कारण लकडाउनको समय र दसैं तिहार चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएको थियो । २२ तला धरहरा पहिलाको धरहराको शैलीमा बनेको हो । तर पुरानै शैलीको भए तापनि नयाँ प्रविधिमा बनिरहेको निर्माण कम्पनीको बताएको छ ।

योे धरहरामा बालुवा, छड, ईटा, डण्डी, सिमेण्टको सामग्री प्रयोग गरेर बनाइएको छ । तर माथि टपमा भने पुरानै धरहराको गजुर राखिएको म्यानेजर श्रेष्ठ बताउनुभयो ।

तपाईको प्रतिक्रिया