भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण

  बैशाख ०९, २०७८

धनगढी, वैशाख ९ : गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो ।

जम्मा परीक्षण गरिएकोमध्ये एकैदिन १४.८३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको नाकामा खट्नु भएका स्वास्थ्यकर्मी गणेश साउँदले जानकारी दिनुभयो । गौरीफन्टा नाकाबाट हालसम्म आएकामध्ये १० हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

सो नाकामा गरिएको परीक्षणमामात्रै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार १२ पुगेको जनाइएको छ । यसैगरी, बिहीबार सुदूरपश्चिमको विभिन्न जिल्लामा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया