कम्युनिस्ट पार्टी स्थापना दिवस, गौरवपूर्ण ७२ वर्ष पार

  बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा देशको कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक आन्दोलनको अगुवा भएर उभिन सफल भएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मरण गर्दै कम्युनिस्ट पार्टी स्थापनाकालदेखि नै राष्ट्रहितको पक्षमा घोषणापत्रहरुमा जारी गर्दै आएको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीले विगतका ७२ वर्ष निकै गौैरवपूर्ण, सफलतापूर्ण ढंगबाट पार गरेको बताउनुभयो ।

विशेषगरी कम्युनिस्ट पार्टीले सामाजिक न्याय र समानताको पक्षमा देशलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ओलीको धारणा छ । उहाँले कुन समय, कुन पार्टीले कति शासन ग-याेभन्दा पनि पार्टी स्थापना पछि यसले देशको सामाजिक रुपमान्तरणमा र जागरणमा कस्तो भूमिका खेल्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ उहाँले बताउनुभयो ।

उहाँले संस्थापक पुष्पलालसँगैका चार संस्थापक नेताहरु नरबहादुर कर्माचार्य, निरन्जनगोबिन्द बैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठलाई पनि स्मरण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया