बिहीबारदेखि विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ दिन बन्द

  बैशाख ०८, २०७८

काठमाडौ, वैशाख ८ : कोरोना संक्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो ।

भोली विहिवार देखि लागु हुने गरि अर्को सूचना नभए सम्म वैदेशिक अध्ययन स्वीकृतीपत्र दिन बन्द गरिएको हो । तर विदेश अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्शन लेटर जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया