पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

  बैशाख ०८, २०७८

पोखरा, वैशाख ८ : पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । पोखराको चरक ममोरियल अस्पतालमा एक र संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत एक गरी दुई जना संक्रमितको बुधबार मृत्यु भएको हो ।

पोखरा २९ की ५४ वर्षीया महिलाको चरकमा र पोखरा ३३ का ८४ वर्षीय पुरुषको सरुवा रोेग अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

५४ वर्षीय संक्रमित महिलामा कोभिडसँगै, श्वासप्रश्वास र थाइरोइडको समस्या थियो । उहाँलाइ वैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, अर्का वृद्धमा कोभिडसँगै निमोनिया, रगतसम्बिन्ध समस्या थ्रोम्बोसाइटोपेनिया र उच्च रक्तचापको समस्या थियो । उहाँ पनि ५ वैशाखमै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११६ पुगेको छ । गण्डकी प्रदेशमा २११ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा संक्रमित संख्या १७ हजार ४०६ पुगेको छ भने १६ हजार ४९२ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया