प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट, पार्टीको विवादबारे छलफल

  बैशाख ०८, २०७८

काठमाडौँ,  वैशाख ८ : प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचमा काठमाडौंको एक होटलमा भेटवार्ता जारी रहेको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो छ । लामो समयपछि अध्यक्ष ओली र नेता नेपालबीचमा भएको वार्तालाई निकै गम्भिरताकासाथ हेरिएको छ ।

वार्तामा पार्टीभित्र देखा पर्दै आएको अस्वस्थ गतिविधि लगायत समसामयिक विषयमा वार्ता भइरहेको रिजालले जानकारी दिनुभयो । उहाँहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया