अख्तियारले स्टिङ अपेशन गर्न नपाउने सर्वोच्चको फैसला

  बैशाख ०८, २०७८

काठमाडौं, बैशाख ८ : सर्वोच्च अदालतको संवैधानिक इजालासले अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले स्टिङ अपेशन गर्न नपाउने फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश गरेको हो ।

अख्तियारले गर्ने गरेको स्टिङ अपेशन नेपालको संविधान विपरित भएको भन्दे अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया