१४१ जनाको परीक्षण गर्दा चार वर्षिय बालिकासहित ७८ मा संक्रमण पुष्टि

  बैशाख ०६, २०७८

वीरगञ्ज , वैशाख ६ : वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा सोमबार गरिएको १४१ जनाको आरटी पिसिआर परीक्षणमा एक जना ४ वर्षिय बालिका सहित ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टी हुनेमा पर्साका ६२ जना , बाराका १२ जना, सर्लाहीका २ जना , काठमाण्डौका १ जना र बाँके नेपालगञ्जका १ जना रहेका छन् । संक्रमण पुष्टि भएका पर्सा जिल्ला बाहेक अन्यत्र स्थायी घर भएपनि उनीहरुको स्वाव नमूना वीरगञ्जमा नै संकलन गरिएको अस्पतालले जनाएको छ । ४ वर्षदेखि ७५ वर्ष उमेर समुहका थपिएका संक्रमितमध्ये ५५ जना पुरुष र २३ जना महिलामा रहेका छन् ।

नारायणी अस्पताल कोभिड संयोजक डाक्टर सरोज रोशन दासले भन्नुभयो ‘पछिल्लो केही दिन यताका परिक्षणहरुमा करिब आधामा नै संक्रमण पुष्टि हुनुले स्थिति खराब बन्दै गएकोे स्पष्ट हुन्छ । ’ यसअघि आईतबार ९६ परीक्षण गर्दा ६१ जना , शनिबार ९० परीक्षण गर्दा ४५ जना , शुक्रबार ९४ परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १३.१ देखि ३५.५ सम्म रहेको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट संक्रमण छिटो नसर्ने बताईन्छ । नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि बैशाख ६ गते सम्म गरिएको ७६९ जनाको पिसिआर परीक्षणमा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया