काठमाडौं, वैशाख ६ : सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा वर्तमान राजनीतिक तथा संगठनात्मक विषयमा छलफल भएको छ ।
नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कर्णाली प्रदेशमा पार्टीको ह््िवप् विपरीत गतिविधि गर्नेलाई स्पष्टीकरणसहित दुई दिने म्याद थप गरिएको बताउनुभएको छ ।
उहाँले अहिलेको राजनीतिक जटिलताको अवस्थामा कुनै पनि बेला निर्वाचनमा जानपर्ने हुनसक्ने बताउदै पार्टीले सोही अनुसारको गतिविधि अगाडि बढाउने निर्णय गरेको बताउनुभयो ।
बैठकमा पार्टी महासचिव ईश्वर पोखरेल सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा विशेषगरी आगामी महाधिवेशन केन्द्रित भई आगामी असार मसान्तसम्म सबै पार्टी सदस्यता नवीकरण गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
यसैगरि प्रदेशदेखि पालिका तहसम्मको सबै अधिवेशन पनि सम्पन्न गर्दै लाने र केन्द्रीय महाधिवेशन लगायत पार्टीको गतिविधिबारे सुझाव संकलनका लागि आगामी वैशाख १० गते पुनः केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।






