सम्झे यति मन जल्दैन म्युजिक भिडियो सार्वजनिक

  बैशाख ०५, २०७८

काठमाडौं, वैशाख ५ : नेपाली गीत संगीतको बजारमा एकपछि अर्को मौलिक गीत बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ति श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ ।

समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ । निकै मार्मिक ढंगबाट तयार भएको यस गीतलाई लय तथा शब्द सृजना पृथलाल विश्वकर्मा रहेको छ ।

गीतमा रणधिर श्रेष्ठको छाँयाकन तथा सम्पादन र अर्जुन विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको म्युजिक भिडियोमा सारिका केसी र अर्जुन विसीको कारुणिक अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया