‘घामै प्यारो, आमै प्यारो’ बालनियात्रामाथि अन्तरक्रिया

  बैशाख ०३, २०७८

काठमाडौं, वैशाख ३ : वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारद्वारा लिखित बालनियात्रा ‘घामै प्यारो आमै प्यारो’  नियात्रा संग्रहबारे अन्तरक्रिया भएको छ ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक प्राडा. कृष्णप्रसाद दाहाल, समालोचक महेश पौडेल, वरिष्ठ बालसाहित्यकार अनन्त वाग्लेले नियात्रामाथि समीक्षा गर्नुभएको थियो ।

नियात्रा समाजका अध्यक्ष प्रतीक ढकालको प्रमुख आथित्यमा सम्पन कार्यक्रममा लेखकले आफ्नो नियात्राबारे प्रकाश पार्नुभएको थियो ।

विदेश भ्रमणमा केही आनन्द आउने भए तापनि दरिद्र स्वदेशमा शान्तिसित मर्ने ठाउँको रुपमा उहाँले ‘घामै प्यारो, आमै प्यारो’मा चित्रण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया