३० जना बढी विदेशी र नेपाली आरोहीले अन्नपुर्ण हिमालको आरोहण गरे (नामावलीसहित)

  बैशाख ०३, २०७८

काठमाडौं, बैसाख ३ : यस वर्ष पहिलो पटक ८,०९१ मिटरको अन्नपुर्ण हिमालको ९ जना नेपाली सहित ६ जना विदेशी आरोहीले आरोहण गरेका छन् । आरोहण गर्नेमादुई जना चिनियाँ, दुई जना पाकिस्तान, एक जना अमेरिकन र ९ जना नेपाली आरोही रहेको इमाजिन ट्रेकका प्रमुख मिङमा जि शेर्पाले जानकारी दिनुभयो ।

सेभेन समिट ट्रेक्सका आरोही गाइड सहितको टोलीले समेत आरोहण गरेको ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले बताउनुभयो । एनका अनुसार नामावली आउन बाँकी रहेको तर १५ जना बढी आरोहीले आरोहण गरेको बताउनु भयो । ट्रेक्सका गाइड लाक्पा डेन्डी शेर्पा सहितको टोली चुचुरोमा पुगेको तर पुरा नामावली आउने क्रममा रहेको सेभेन समिटले जनाएको छ ।

यो सफल आरोहण यो सिजनकै पहिलो हो । अन्नपुर्ण आरोहणका लागि यो सिजनमा ४ आरोहणदलबाट ४४ जना आरोहीले अनुमती लिएको पर्यटन विभागको तथ्याङक छ । इमाजिन ट्रेकबाट आरोहण गर्ने नेपालीहरुमा आरोहीहरुमा मिङमाजि शेर्पा, दावाग्याल्जे शेर्पा, दावायाङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा, दाफुटी शेर्पा, पासाङ नाम्ग्य शेर्पा, फुर ग्याल्जेन शेर्पा, ताम्तिङ शेर्पा र पेमा तेन्जिङ शेर्पा रहेका छन् ।

तपाईको प्रतिक्रिया