सप्तरी, वैशाख ३ : सप्तरीमा हात्तीको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ कोशी ब्यारेज बस्ने ५८ वर्षीय नारायण प्रमाणी हुनुहुन्छ ।
ईलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार कोशी ब्यारेजको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएका नारायणलाई शुक्रबार बिहान हात्तीले आक्रमण गरेको थियो ।
यता मृतकको शवलाई पोष्टमार्टमका लागि राजरिाजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको तथा घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।






