भारतमा एकैदिन एक लाख ८४ हजार संक्रमित, एक हजार २७ को मृत्यु

  बैशाख ०१, २०७८

काठमाडौं, वैशाख १ : भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । सोही अवधिमा कम्तिमा एक हजार जना संक्रमितको मृत्यु भएको छ । कोरोना महामारी सुरु भएयता एकैदिनमा थपिने संक्रमित र मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २७ जना संक्रमितको मृत्यु भएको हो । हालसम्म कोरोनाभाइरसबाट एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको हो । बितेको २४ घण्टामा एक लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका छन् ।

कोरोनाबाट भारतमा हालसम्म एक करोड ३८ लाख ७३ हजार ८२५ जना संक्रमित भएका छन् । भारतमा मंगलबार २४ घण्टामा ८७९ जनाको मृत्यु भएको थियो । भारतमा हाल १३ लाख ६५ हजार ७०४ जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ । पछिल्लो २४ घण्टामा ८२ हजार ३३९ जना संक्रमित निको भएका छन् ।

हालसम्म एक करोड २३ लाख ३६ हजार ३६ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । एएनआई समाचारका अनुसार भारतमा हालसम्म ११ करोड ११ लाख ७९ हजार ५७८ जनाले कोरोनाबिरुद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया