४९६ कोरोना संक्रमित थपिए, आठ जनाको मृत्यु, १३८ संक्रमणमुक्त

  चैत ३०, २०७७

काठमाडौं, चैत्त ३० : देशभर पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १०५ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । चार हजार ३७८ जनाको पिसिआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीमध्ये सबैभन्दा बढी काठमाडौँमा १५९, ललितपुरमा ४४ र बाँकेमा ४१ जना रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३८ रहेका छन् । योसँगै नेपालमा अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७४ हजार १६५ पुगेको छ । निको हुने दर भने ९७ दशमलव सात प्रतिशत रहेको छ ।

अहिले देशभर तीन हजार ३०६ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८५ क्वारेन्टिनमा छन् । बाँकी आइसोलेशनमा छन् । हालसम्म नेपालमा २३ लाख १७ हजार २८४ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया