७० तोला सुन चोरी गर्ने व्यक्ति पक्राउ

  चैत ३०, २०७७

काठमाडौं, चैत ३० : ७० तोला सुन र सात लाख रुपैयाँ गरी करिव ४३ लाख बराबर चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले म्याग्दी मालिका गाउँपालिका– २ घर भई काठमाडौं तारकेश्वर बालाजु बस्ने २८ वर्षीय दिलबहादुर पुनलाई पक्राउ गरेको हो ।

पुनले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका विभिन्न सहकारी तथा वित्तीय संघसंस्थाहरु तथा सुन चाँदी पसलबाट चोरी गरेको र फागुन १८ गते राति नवलपरासी गैंडाकोट नगरपालिका– ५ स्थित मोनिका सुनचाँदी पसलबाट ७० तोला सुन र सात लाख रुपियाँ चोरी गरेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया