उकालो लाग्दै सुनको मूल्य

  चैत ३०, २०७७

काठमाडौं, चैत ३० : नेपाली बजारमा सोमबार पुनः सुनको मूल्यमा वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक सयले बढेर तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुन तोलामा एक सयले वृद्धि भएको छ । आइतबार ८९ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा ८९ हजार १५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य भने स्थिर  छ । आइतबार तोलामा १२७५ रुपियाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया