कांग्रेस सभापति देउवाले बोलाए शुक्रबारका लागि तीन दलको बैठक

  चैत २७, २०७७

काठमाडौं, चैत २६ : नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया