सरकारले काम नदिएको होइन, संसद्ले काम गर्न नसकेको हो : पण्डित

  चैत २६, २०७७

काठमाडौं, चैत २६ : पूर्वमन्त्री तथा सांसद लालबाबु पण्डितले सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर प्रश्न गर्नुभएकाे छ  । बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पण्डितले यस्तो प्रश्न गर्नुभएकाे हाे । 

‘यो सातौँ अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन ? यो विधेयक अधिवेशन हो तर यसले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका छन्, संसदमा अहिले ६५ वटा विधेयक छन्, यी सबै महत्वपूर्ण विधेयक हुन् । सन्धि सम्झौताहरु अनुमोदनको निम्ति पर्खिरहेको छ,’ उहाँले भन्नुभयाे ।

त्यस्तै संसदमा काम छैन भन्नेहरूलाई विधेयक शाखामा गएर हेर्न पण्डितले सुझाव छ। संसदलाई सरकारले काम दिएन भन्नु एकतर्फी कुरा भएको पनि उहाँको दाबी छ ।

‘संसद्ले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने ? संसद्ले काम नपाएको होइन, संसद्ले काम गर्न नसकेको हो । यदि जानकारीको अभाव हो भने विधेयक शाखाबाट रिपोर्ट लिन सक्नुहुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया