काठमाडौं चैत २६ : प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार दिउँसो १ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी र थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ ।
त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभा सदस्य ऐश्वर्यलाल प्रधानङ्गको निधनमा शोक प्रस्ताव पारित गर्नुहुनेछ । विसं। ०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका प्रधानङ्गको यही चैत २० गते निधन भएको थियो ।
राष्ट्रिय सभाका उपाध्यक्षसमेत हुनुभएका प्रधानङ्ग पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुनुहुन्छ ।