काठमाडौं, चैत २४ : नेपालमा कोरोना भाइरसका २६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार २४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २६० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११३ जना सङ्क्रमित निको भएका छन् । योसँगै दुई लाख ७३ हजार ४५५ जना सङ्क्रमित निको भइसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोही सङ्क्रमितको मृत्यु भएको छैन । हिजोसम्म नेपालमा तीनहजार ३६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






