काठमाडौं, चैत २४ : काठमाडौं महानगरपालिका–३० का वडा सचिव चार लाख घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले वडा सचिव भरतकुमार पोखरेललाई पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा पोखरेलले सेवाग्राहीलाई नियमानुसार पाउने रकमको भुक्तानी नगरी चार लाख लिइसकेको पुष्टि भएको प्रवक्ता रिसालले जानकारी दिनुभएको हो । वडा सचिव पोखरेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसाले जानकारी दिनुभएको छ ।






