कांग्रेस, माओवादी केन्द्र र जसपाले एक हप्ताभित्र निर्णय गर्नुपर्छ : थापा

  चैत १८, २०७७

काठमाडौं, चैत १८ : नेपाली कांग्रेसका नेता गगन थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताएका छन् । बुधबारको संसद बैठकपछि संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै थापाले अबको एक हप्ताभित्र सबै विषय टुङ्गिनुपर्ने उनले बताए । उनले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो निर्णय तुरुन्तै गर्नुपर्ने बताए ।

उनले भने,‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ, जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस् । हामीलाई गर्ने भए गर्ने भनोस् । हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौ, हामीले समर्थन लिएर सरकार बनाउने भनौँ । अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ । हामी अहिले जसरी यो संसदलाई किंकर्तव्यविमुढ जस्तो अवस्थामा बनाएका छौँ यो देश प्रतिको घात हो । हामी सबै मिलेर गरिरहेका छौँ अहिले । अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन । अब अधिकतम एक हप्ता भित्रमा यो सबै कुरा हामीले टुंग्याउनुपर्छ ।’

तपाईको प्रतिक्रिया