मुम्बई अस्पतालमा आगलागी, नौको मृत्यु

  चैत १३, २०७७

नयाँ दिल्ली, चैत १३ : भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ ।

बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताउनुभएको छ । कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ ।

तपाईको प्रतिक्रिया