काठमाडौंमा आज वर्षकै उच्च वायुप्रदूषण, भिजिविलिटी ह्वात्तै घट्यो

  चैत १३, २०७७

काठमाडौं, चैत १३ : देशैभरका मुख्य शहरमा शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ । वातावरण विभागका सूचनाअधिकारी शंकरप्रसाद पौडेलले भने केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका कारण वायूप्रदूषण वढेको बताउनुभयो ।

विभागले प्रदूषणको दर दैनिकजसो बढ्दै गएको भन्दै सर्तक रहन र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । वातावरण विभागको तथ्याङक अनुसार काठमाडौं, सौराहा , सिमरा लगायतका सहरको वायुप्रदूषण अति हानिकारक स्तरमा पुगेको छ । विभागले नियमितरुपमा वायुको प्रदूषण मापन गर्दै आएको छ ।

काठमाडौंको मुख्य शहरी क्षेत्र भैसेपाटी, कीर्तिपुर, भक्तपुर, सौराहा र सिमरामा पिएम २.५ माइक्रोनको धूलोको प्रदूषण सबै भन्दा बढी मानवस्वास्थ्यमा हानिकारक बनेको विभागको तथ्याङकले देखाएको छ ।
काठमाडौंको भैसेपाटी क्षेत्रको बायु विहीबार राती ९ बजे र शुक्रबार अपरान्ह ३ बजे दुई सय ३० माइक्रोग्राम प्रतिमिटर क्युव पुगेको छ । यहाँ पिएम २.५ माइक्रोन आकारकै धुलोको प्रदूषण २४ घण्टामा विहिबार एक सय १९ माइक्रोग्राम प्रतिमिटर क्युव पुगेको थियो भने शुक्रबार एक सय ८० पुगेको तथ्याङक छ । यता सौराहामा एक साता अघि वायुप्रदूषण थिएन तर २४ घण्टाको तथ्याङक हेर्दा विहिबार ९१ माइक्रोग्राम प्रतिमिटर क्युव थियो भने एक्कासी बृद्धि भएर शुक्रबार भने २६७ पुगेको वातावरण विभागको तथ्याङकले देखाएको छ ।

त्यस्तै गरी नेपालगञ्ज, दाङ, जनकपुर, जुम्ला, रारा समेतमा वायुप्रदूषण बढेको छ । प्रदूषणका कारण बाग्लो तुँवालो लाग्दा हवाइसेवा समेत प्रभावित बनेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

वायुप्रदूषणबाट बच्ने उपायः
मर्निङ वाक नगर्नु, गरे पनि सडक भन्दा टाडा खुल्लास्थान गर्नु
माक्स लगाएर हिड्नु
विहान ९ बजे भन्दा अगाडि चलहपहल हुने क्षेत्रमा ननिस्कनु
खुल्ला क्षेत्र आगो बाल्न र फोहर जलाउन नदिनु
धुलो सरसफाइमा आफैले पनि सहयोग गर्नु
सकेसम्म जोगिएर बस्नु
प्रदूषित गाडी सञ्चालन नगर्न र नगराउन

तपाईको प्रतिक्रिया