पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिए, ७० कोरोनामुक्त

  चैत १३, २०७७

काठमाडौं, चैत १३ : पछिल्लो २४ घण्टाका अबधिमा चार हजार ४१६ जनामा पीसीआर परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५६ सहित सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ ।

सोही अबधिमा ७० जना निको भएर फर्किएसँगै कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ३४२ पुगेको छ । कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल एक हजार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५२ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म तीन हजा २४ जना सङ्क्रमितले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया