गृहमन्त्रीद्वारा वार्ताका लागि रेशम चौधरी समर्थकलाई लिखित पत्र

  चैत १३, २०७७

काठमाडाैं, चैत १३ : गृहमन्त्री रामबहादुर थापा बादलले रेशम चौधरी समर्थक तथा संघर्ष समितीलाई वार्ताका लागि लिखित पत्र पठाउनु भएको छ ।

चैत ८ गतेदेखि रेशम चौधरी समर्थकले राजधानीको माईतीघर मण्डालामा धर्ना दिदै आएकोमा शुक्रबार गृहमन्त्री बादलले सरकारसँग वार्ताको आव्हान गर्दै पत्र पठाउनुभएको थरुवट थारुवान संयुक्त संघर्ष समितीका संयोजक रुक्मिणी चौधरीले जानकारी दिनुभयो ।

चौधरीले धर्ना चैत १३ गते शुक्रबारबाटै स्थगन गरिएको पनि बताउनुभएको छ । गृहमन्त्रीको लिखित पत्र प्राप्त भएसँगै संघर्ष समितीले सरकारसँग वार्ताको लागि आवश्यक वातावरण मिलाउने समेत संयोजक चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया