कोलाराडोस्थित किराना पसलमा गोली प्रहार, दश जनाको मृत्यु

  चैत १०, २०७७

काठमाडौं, चैत १० : एक जना बन्दूकधारीले अमेरिकाको कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार गरेपछि दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकृतसमेत छन् ।

अमेरिकाकै एटलान्टा क्षेत्रमा गोली हानी आठ जनाको हत्या गरिएको घटना सेलाउन नपाउँदै कोलाराडोको किंग सूपर्स स्टोरमा अन्धाधुन्ध गोली प्रहारमा दश जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । गोली प्रहार गरेको आरापमा एक जना आशंकित पक्राउ गरिएको छ ।

सीएनएनका अनुसार बौल्डरका प्रहरी प्रमुख मैरिस हेरोल्डले एकजना आशंकित पक्राउ गरिए पनि कुन प्रकारको हतियार प्रयोग भएको तथा घटनाको कारणबारे खुलाउनु भएन । अधिकारीहरुले गोली प्रहारबाट मृत्यु भएका ब्यक्तिको परिचय खुलाएको छैन् । परिवारजनलाई जानकारी गराएपछि मात्रै ब्यक्तिको परिचय खुलाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया