७९ कोरोना सङ्क्रमित थपिए, ८२ कोरोनामुक्त

  चैत ०७, २०७७

काठमाडौं, चैत ७ : नेपालमा कोरोनाभाइरसका ७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ६३७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको उल्लेख गरेको छ । पछिल्लो २४ घण्टामा ८२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ८१५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल ९९८ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले हाल ४७ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट भएको मृत्यु दत्र्ता गरिएको छैन् । हालसम्म तीन हजार १६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया