बेइजिङ, चैत्त ६ : चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६ः१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २:४१ बजे गएको थियो ।
भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराइमा रहेको थियो । उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।






