रुसी विदेश मन्त्रीले चीनको भ्रमण गर्ने

  चैत ०५, २०७७

बेइजिङ, चैत्त ५ : रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्नुहुने भएको छ ।

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेशमन्त्री लाभरोभ चीन आउन लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गर्नुभएको हो ।

पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसंघ मार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया