पोखरा, चैत्र ४ : पोखरा विमानस्थलमा हवाईजहाजको आपतकालीन उद्धार अभ्यास गरिएको छ । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गरिएकाे हो । जसअनुसार बेलुकी चार बजेपछि पोखरा विमानस्थलमा नमूनाको रुपमा जहाज दुर्घटना गराइएको थियो ।
त्यसपछि उक्त जहाजमा आगलागी भयो । आगो निभाउन दमकलको सहारा लिइएको थियो । त्यस्तै घाइतेको उपचारका लागि एम्बुलेन्स गुडेका थिए । यी सबै घटना नमुनाको रुपमा लिइएको हो । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु खटिएका थिए ।
जसको पूर्वतयारी अन्र्तगत सोमबार र मंगलबार सामान्य अभ्यास समेत भइसकेको थियो । यस्तै उद्घार अभ्याससँगै चार दिने विपद् उद्घारकर्मीको क्षमता विकास तालिमको समापन गरिँदैछ ।






