लहान, चैत २ : लहान–८ सिथत रहेको मालपोत कार्यालयमा आइतबार बम विष्फोट गराउन संलग्न रहेको एक युवक पक्राउ परेको छ ।
लहान–१८ भदैया घर घएको वर्ष २७ को बलराम मण्डललाई सुखीपुर–२ विद्यानगरबाट पक्राउ गरिएको सिरहा जिल्ला सशस्त्र गणपति प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिनुभयो ।
मालपोत कार्यालयमा बम विष्फोट हुनुभन्दा अघि कार्यालय छिरेका महतोको सिसिटिभी क्यामरामा कैद भएको तस्बीरको आधारमा गहन अनुसन्धानपछि पक्राउ गरिएको हो ।
आइतवार बम विष्फोट हुँदा आठ जना घाइते भएको थियो भने धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षिय दिनेश भण्डारीको अवस्था गम्भीर भएपछि उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाण्डौ पुरयाएको थियो ।
कार्यालयका सुब्बा शिवकुमार यादवको उपचार विराटनगरमा भइरहेको छ भने वाँकी ६ जनाको लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा भइरहेको छ ।
मालपोत कार्यालय लहानमा विष्फोट गराएको घट्नाको जिम्मेबारी विज्ञप्ति प्रकाशित गरेर जन्तान्त्रिक तराइ मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जय कृष्ण गोइतले जिम्मेबारी लिएको थियो ।






