काठमाडौं, चैत १ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरुभएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईका अनुसार बैठक अहिले ६ बजे शुरुभएको हो ।
आजको बैठकको कार्यसूचीबारे आफूलाई जानकारी नभए पनि मन्त्रिपरिषदको नियमित बैठक भएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । नियमित बैठक भएकाले मन्त्रालयगत कार्यसूची हुनसक्ने उहाँले बताउनुभयो ।






