काठमाडौं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नेकपा (माओवादी केन्द्र) सँग पेरिसडाँडामा सकारात्मक भेटवार्ता भएको बताउनुभएको छ । माओवादी केन्द्रका शीर्ष नेतृत्वसँगको भेटवार्तापछि उहाँले कुनै पनि निष्कर्षमा पुग्न नसकिए पनि फेरि बस्ने तय भएको बताउनुभयो ।
‘हामीले कहीँ पनि आफूलाई सुरक्षाको महसुस गरेका छैन, न्याय पाएको छैन, आन्दोलनमा सँधै पक्षमा रहने भए पनि परिणाममा कतै पक्षमा छैन’ न्यायको खोजीमा रहे पनि कतैबाट नपाएको बताउँदै उहाँले कुनै पनि स्थानमा आफ्नो पार्टीको भूमिका नरहेको प्रतिक्रिया दिनुभयो ।
भेटवार्ताबारे माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दलबीच सबै पाटापक्षमा गम्भीरतापूर्वक छलफल गरी सकारात्मक ढंगले अगाडि बढेको बताउनुभयो ।






